logo

कोरोनाभाइरस (COVID-19) को बारेमा indriver को उपयोगी जानकारी

कोरोनाभाइरस (COVID-19) को फैलावट विरुद्ध लड्नमा हाम्रा प्रयोगकर्ताहरूको स्वास्थ्य र सुरक्षा हाम्रो मुख्य लक्ष्य हो।

कोरोनाभाइरस महामारीको नवीनतम समाचारका कारण, हामी inDriver प्रयोगकर्ताहरू inDriver सवारीको अन्तरालमा र उनीहरूका दैनिक जीवन दुवैमा रोगबाट बच्ने प्रभावकारी उपायहरूका सम्बन्धमा जानकार छन् भनी सुनिश्चित गर्न चाहन्छौँ।

why safe

कोरोनाभाइरस (COVID-19) को बारेमा

COVID-19 नोभेल कोरोनाभाइरसद्वारा हुने रोगको नाम हो।

CO = कोरोनाभाइरस, VI= भाइरस, D = रोग, 19 = 2019 - रोग पहिलो पटक दर्ता भएको वर्ष।।

कोरोनाभाइरस भाइरसहरूको परिवार हो जसले हल्का बिमारीहरू निम्त्याउँछ, जस्तै सामान्य रुघाखोकी, साथै श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगहरू, जस्तै निमोनिया।

हामी हाम्रा प्रयोगकर्ताहरूलाई रोग नियन्त्रण र रोकथाम केन्द्रहरू (CDC) र विश्व स्वास्थ्य संगठन (WHO) को आधिकारिक च्यानलहरूले दिएका विश्वसनीय जानकारीमा मात्र विश्वास गर्न प्रोत्साहन गर्छौँ।

तपाईं सरल तर प्रभावकारी नियमहरू अवलोकन गरेर आफ्नो तथा तपाईं वरपरका मानिसहरूको स्वास्थ्य बचाउन सक्नुहुन्छ।

आधारभूत स्वच्छता कायम राख्नुहोस्

नियमित रूपमा साबुनले हात धुनुहोस् र वस्तुहरू छोइसकेपछि अल्कोहल-आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस्।

आफ्नो दूरी कायम गर्नुहोस्

अरू मानिसहरूबाट कम्तिमा 3 फिटको दूरी कायम राख्नुहोस्, विशेष गरी यदि उनीहरूलाई खोकी वा रुघा लागेको छ, ज्वारो आएको छ वा बिरामी देखिन्छन्।

आफ्नो अनुहारमा छुनबाट बच्नुहोस्

सम्भव भएसम्म, आफ्नो आँखाहरू, नाक वा मुख नछुनुहोस्, किनकि यसले जीवाणुलाई तपाईंको हात हुँदै तपाईंको शरीर भित्र जान सजिलो बनाउँछ।

उचित श्वासप्रश्वास स्वच्छताको पालना गर्नुहोस्

खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख र नाक टिस्यु, रुमाल वा कुहिनोले छोप्नुहोस्। तत्कालै ढक्कन भएको रद्दीटोकरीमा टिस्यु फाल्नुहोस् र ह्यान्ड सेनिटाइजर लगाउनुहोस् वा साबुनले हात धुनुहोस्।

भौतिक दूरी अभ्यास गर्नुहोस्

सार्वजनिक स्थान, भीडभाड हुने ठाउँ र सार्वजनिक यातायातबाट जोगिन प्रयास गर्नुहोस्। अत्यावश्यक नभएसम्म घरबाट बाहिर ननिस्कनुहोस्: तपाईंको जति कम सामाजिक सम्पर्क हुन्छ, सङ्क्रमणबाट बच्ने सम्भावना पनि त्यति नै राम्रो हुन्छ।

मेडिकल उपचार खोज्नुहोस्

यदि तपाईंको शरीरको तापक्रम उच्च छ, रुघा लागेको छ वा कमजोरी वा सास फेर्न कठिन अनुभव भइरहेको भएमा, तुरुन्तै मडिकल मद्दत खोज्नुहोस्। घर नछोड्नुहोस्; बरु, एक चिकित्सकलाई घरमै कल गर्न अनुरोध गर्नुहोस्।

यात्रुहरूका लागि सिफारिसहरू

InDriver सँग सवारीहरू छनौट गर्नुहोस्

सार्वजनिक यातायात चढ्ने र ठूला भीडमा देखिनुको सट्टा, inDriver लाई तपाईं जान आवश्यक स्थानमा लैजान दिनुहोस्।

उपलब्ध सुरक्षा विधिहरू प्रयोग गर्नुहोस्

उपलब्ध सुरक्षा विधिहरू प्रयोग गर्नुहोस्, जस्तै अनुहारको मास्क, श्वासयन्त्र र अल्कोहल-आधारित कीटाणुनाशकहरू।

ड्राइभरहरूका लागि सिफारिसहरू

आफ्नो कार भित्र कीटाणुरहित गर्नुहोस्

नियमित रूपमा आफ्नो कारबाट हावा बाहिर जान दिनुहोस्। दिनमा पटक-पटक कीटाणुनाशक वाइप वा कीटाणुनाशक सफाइका साधनहरूले सतहहरूलाई पुछ्नुहोस्। ढोकाका ह्यान्डल, सिट बेल्ट र इन्टिरियरको छाला र धातु तत्वहरूमा विशेष ध्यान दिनुहोस्।

ड्राइभरहरूका लागि थप जानकारी

ड्राइभरहरूको लागि जानकारीको अभावको कारण, हामीले थप विवरण र नवीनतम जानकारी, मार्गनिर्देश र उपयोगी सुझावहरू राखिएको छुट्टै वेबसाइट सिर्जना गरेका छौँ।

आफ्नो, आफ्ना प्रियजन र आफू वरपरका मानिसहरूको ख्याल राख्नुहोस्।

हामीलाई पहिलेभन्दा बलियो र एकताबद्ध छोड्दै कोरोनाभाइरस समाप्त हुनेछ!

हामीलाई पहिलेभन्दा बलियो र एकताबद्ध छोड्दै कोरोनाभाइरस समाप्त हुनेछ!