सवारी, डेलिभरी, ढुवानी – तपाईंको मूल्यमा

यातायातयातायात
१ अरब+ मानिसका लागि विश्वलाई निष्पक्ष ठाउँ बनाउन अन्यायलाई चुनौती दिँदै
749

शहरहरू

46

देशहरू

200

M एपले इन्सटल गर्छ

पहिले सुरक्षा

र सबैका लागि सुरक्षा। inDriveले यात्रु र चालक दुवै पक्षको सुरक्षालाई प्राथमिकतामा राख्छ साथै नयाँ सुरक्षाका उपायहरुमा लगनशीलताका साथ काम गर्दछ। हामी सबैलाई सुरक्षा निर्देशनहरू पालना गर्न पनि प्रोत्साहित गर्दछौँ

थप जान्नुहोस्

मोबिलिटी

सवारी या ड्राइभ, किनमेल या डेलिभरी, सामान पठाउने या पाउने – सबै उचित कारोबारका लागि एउटै एप

शहरको सवारी

चालक छान्नुहोस् र सवारीको लागि आफ्नो भाडा प्रस्ताव गर्नुहोस्

सामान डेलिभरी

आफ्नै मूल्यमा डेलिभरी चालक छान्नुहोस्

माल ढुवानी

तपाईंको मूल्यमा माल ढुवानी

शहरदेखि शहर

आफ्नै मूल्यमा एक देखि अर्को शहरको यात्रा गर्नुहोस्

किनकी उचित मूल्य तपाईंले आशा गर्ने होइन, प्रस्ताव गर्नसक्ने कुरा हो

उचित भाडा

मानिसहरू सधैँ सहमतिमा आउन सक्छन् भनेर हामी प्रमाणित गर्न चाहन्छौँ। व्यस्त यातायात होस् वा खराब मौसम, सवारीको मूल्य उचित रहन्छ

सवारीमा नियन्त्रण

हाम्रो पूर्ण पारदर्शिताले मानिसलाई आफ्नो यात्राको सम्पूर्ण नियन्त्रण दिन्छ। यात्रु र चालक यात्राको प्रकार र एकअर्कालाई छनोट गर्न स्वतन्त्र हुन्छन् जसबाट यात्रा थप आरामदायी बन्छ।

मनको शान्ति

निष्पक्ष पारस्परिक सम्झौताले यात्रु र चालक दुवैका लागि यात्राको समयमा मैत्रीपूर्ण वातावरण र मनको शान्ति प्रदान गर्दछ। किनकि यस्तो सम्झौतामा सबै खुशी हुन्छन्।

inDrive एप
star iconstar iconstar iconstar iconstar icon

मोबाइल एप

छनौट र आवागमनको स्वतन्त्रता – एउटै एपमा सवारी, ढुवानी र डेलिभरीको सुबिधा

एप डाउनलोड गर्नुहोस्

सेवाहरू

कुनै कार्य छिटो सम्पन्न गर्न आफैँ मूल्य प्रस्ताव गर्न मिल्ने सेवा, त्यो पनि उचित शुल्कमा

विशेषज्ञ सेवा

सफाई देखि मर्मत र निर्माण सम्म कुनै पनि कार्य छनोट गर्नुहोस्

हाम्रा ग्राहक किन खुशी छन्

प्रक्रिया छिटो र स्पष्ट भएकोले

बिना कुनै बिचौलिया एक अर्कालाई सिधै सम्पर्क गर्न र कामबारे छिट्टै छलफल गर्न सक्ने भएकोले

हाम्रा विशेषज्ञहरू प्रमाणित र योग्य छन्

मूल्याङ्कन र समीक्षाका आधारमा तपाईंले कुनै पनि विशेषज्ञ छान्न सक्नुहुनेछ

सबै सेवाका मूल्यहरु उचित छन्

मानिसहरू दुवै पक्षलाई उचित लाग्ने मूल्यमा सहमत हुन्छन्। न्यायोचित कमाइले सधैँ गुणस्तरीय कामलाई प्रेरित गदर्छ

इनभिजन प्रभाव परियोजनाहरू

हामी समुदायमा मानिसहरूलाई सशक्तीकरण गर्दै परिवर्तनको अभियानमा छौँ

शिक्षा

ज्ञान केवल सिमित व्यक्तिका लागि विशिष्ट र महँगो विशेषाधिकार हुनु हुँदैन। यो सबैका लागि उपलब्ध हुनुपर्छ। हाम्रो उत्तर भनेको विकासोन्मुख देश र समुदायका लागि शिक्षालाई थप पहुँचयोग्य बनाउनु हो

स्टार्टअपहरु

स्टार्टअप संसारको सुरुवात एक अवसरको केन्द्रको रूपमा भएको थियो तर अहिले सम्भ्रान्त, सतही र परिणाम स्वरूप नयाँ पिँढीको लागि दुर्गम साबित भएको छ। टेक स्टार्टअप सुरु गर्न तपाईंको स्थान वा लिङ्ग बाधाको रूपमा खडा हुनु उचित हुँदैन। हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ

रचनात्मक उद्योगहरू

विश्वव्यापी कला र चलचित्र निर्माण क्षेत्रको नेतृत्व सबैभन्दा शक्तिशाली बजारद्वारा हुँदै आएको छ र विकासशील देशका सिर्जनाकर्ताहरुका लागि विविध, निष्पक्ष र स्वागतयोग्य छैन। विश्वव्यापी रूपमा स्थानीय कलाकारहरूको लागि सान्दर्भिक शिक्षा तथा सम्भाव्यताको पनि अभाव छ। हाम्रा कार्यक्रमहरूको लक्ष्य रचनात्मक उद्योगमा भएका असमानतालाई कम गर्नु रहेको छ।

खेलकुद

दुर्गम क्षेत्रका बालबालिका र शारीरिक अपाङ्गता भएका वयस्कका लागि खेलकुद धेरै महत्त्वपूर्ण हुन्छ तर यस क्षेत्रमा पहुँच सिमित छ। यस अन्यायलाई चुनौती दिन हामीले खेलकुदको समावेशिता र पहुँच बढाउने उद्देश्यले सबैभन्दा बढी आवश्यक भएकाहरुका लागि विश्वव्यापी कार्यक्रमहरू सुरु गरेका छौँ

inDriveले अन्यायलाई चुनौती दिँदै यातायात र अन्य सेवामा निष्पक्ष पहुँच प्रदान गर्दछ, जसन्तर्गत यसले दूरदर्शी गैर-लाभकारी पहलहरूमार्फत समुदायमा गहिरो प्रभाव पार्दछ